Ad imageAd image

धादिङमा भिरबाट लडेर आमा-छोराको मृत्यु

खबर खुराक
खबर खुराक १६ जेष्ठ २०८०, मंगलवार
0 Min Read
Aa

१६ जेठ, धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर-२ मा भिरबाट लडेर आमा-छोराको मृत्यु भएको छ ।

भिरबाट लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो ।

सोमबार अपराह्न घाँस काट्न गएको बेला छोरा भिरबाट लडेपछि उनलाई उद्धार गर्न जाँदा आमा पनि खसेर दुवैको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्