Ad imageAd image

अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले एक दशकभित्र चन्द्रमामा मानिस पठाउने घोषणा स्मरण

खबर खुराक
खबर खुराक १६ जेष्ठ २०८०, मंगलवार
1 Min Read
Aa

१६, जेठ ।

सन् १९६१ मा आजकै दिन (मे २५) मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले एक दशकभित्र चन्द्रमामा मानिस पठाउने घोषणा गरेका थिए । त्यसका लागि  ५ सय ३१ मिलियन अमेरिकी डलर आवश्यक पर्ने जनाउँदै केनेडीले संसद्समक्ष बजेट पारितको प्रस्ताव गरेका थिए ।

१९१७ को मे २९ मा जन्मिएका केनेडी अमेरिकाको ३५ औं राष्ट्रपति हुन् । १९६१ को जनवरी २० मा अमेरिकी राष्ट्रपतिमा निर्वाचित केनेडी १९६३ को नोभेम्बर २२ मा हत्या हुनुअघिम्म पदमा थिए ।

केनेडीले घोषणा गरेको आठ वर्षपछि अमेरिकाले चन्द्रमामा मानिस पठाएको थियो । १९६९ को जुलाई २१ मा नील आर्मस्ट्रङ अपोलो–११ यानमार्फत पहिलो पटक चन्द्रमामा पुगेका थिए । त्यसअघि उनी अन्तरिक्ष प्रविधि परीक्षणबारेको १९६२ को गेमिनी मिसन र १९६६ को गेमिनी–८ मिसनमा समेत सहभागी भएका थिए ।

- Advertisement -
Ad image

जुलाई १९३० को अगस्ट ५ मा जन्मिएका आर्मस्ट्रङ अमेरिकी अन्तरिक्ष यात्री तथा एरोनटिकल इन्जिनियर थिए । अमेरिकी अन्तरिक्ष एजेन्सीबाट १९७१ मा अवकाश लिएपछि उनी अन्तरिक्षको शोध र अन्वेषणका क्षेत्रमा लामो समय क्रियाशील थिए । उनको २०१२ को अगस्ट २५ मा ८२ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्