Ad imageAd image

सुनको मूल्य तोलामा २४ सयले बढ्यो

खबर खुराक
खबर खुराक १६ जेष्ठ २०८०, मंगलवार
1 Min Read
Aa

१६ जेठ, काठमाडौं । नेपाली बजारमा सनुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार ४०० रुपैयाँले बढेको छ ।

आज छापावाल सुन तोलामा एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख आठ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलामा एक लाख नौ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्