Ad imageAd image

अस्ट्रियाको एक अस्पतालमा आगलागी हुँदा तीन जनाको मृत्यु

खबर खुराक
खबर खुराक १६ जेष्ठ २०८०, मंगलवार
1 Min Read
Aa
साङकेतिक

१६ जेठ,अस्ट्रिया । अस्ट्रियाको एक अस्पतालमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । राजधानी भिएनाबाट १४ किलोमिटर  टाढा रहेको मोडलिङस्थित अस्पतालमा आगो लाग्दा उक्त हताहती भएको हो ।

आगो लाग्नुको कारण अझै नखुलेको उल्लेख गर्दै अस्पतालका प्रवक्ताले एक सय ७० वटा दमकल र ३३ वटा आगो निभाउने सवारी साधन प्रयाग गरेर दुई घण्टाको लामो प्रयत्नपछि आगो निभाइएको बताए ।

यो घटना स्थानीय समयअनुसार आज बिहान १ बजेको हो । घाइतेहरूलाई अन्य स्वास्थ्य संस्थामा सारिएको जनाए पनि ती प्रवक्ताले कति जना घाइते भएका थिए भन्ने बारेमा केही उल्लेख गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्