Ad imageAd image

रुसको राजधानी नजिकै हवाई यानहरूमा गोली हानाहान

खबर खुराक
खबर खुराक १७ जेष्ठ २०८०, बुधबार
1 Min Read
Aa

१७ जेठ ।

मस्को जाँदै गरेका मानवरहित हवाई यानहरूमा गोली हानाहान भएको छ । उनीहरुबी मंगलबार  रुसको राजधानी नजिकै गोली हानाहान भएको हो ।  मस्कोका गभर्नर एन्ड्री वोरोबियोभलाई उद्धृत गर्दै तासले भनेको  छ । १६ गते बिहान मस्को क्षेत्रका केही जिल्लाका बासिन्दाहरूले विस्फोटको आवाज सुने (जुन हाम्रो हवाई सुरक्षा सञ्चालनमा थियो। मस्को जाने बाटोमा  थुप्रै ड्रोनहरू खसालिएका थिए।’

वोरोब्योभले मस्को क्षेत्रका बासिन्दाहरूलाई संयमित रहन आग्रह गर्दै सबै आपत्कालीन एकाइहरू सञ्चालनमा रहेको र  घटनाको थप विवरण सार्वजनिक गरिने उनले जानकारी दिए ।

यसैबीच मस्कोका मेयर सर्गेई सोब्यानिनले ड्रोन आक्रमणपछि दुई व्यक्तिलाई चिकित्सकको निगरानीमा राखिएको बताए ।  यद्यपि ड्रोन आक्रमणपछि कसैलाई पनि गम्भीर चोटपटक लागेको र अस्पताल पुर्‍याइएको  भने छैन । उनले घटनास्थलमा आपत्कालीन सेवा र एम्बुलेन्सका केही टोली भने खटाइएको बताए। -(रासस-एएनआई)

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्