Ad imageAd image

इरिटेबल बाउल सिन्ड्रोम कस्तो रोग ?

खबर खुराक
खबर खुराक १७ जेष्ठ २०८०, बुधबार
3 Min Read
Aa

पेटमा ग्यास भरिने, कब्जियत हुने, पखाला लाग्नेजस्ता समस्यालाई हामी सामान्य ठान्छौं । खानपान र दिनचर्या नमिल्दा हुने यस्तो समस्या लामो समयसम्म रहिरहेमा इरिटेबल बाउल सिन्ड्रोम भएको पनि हुन सक्छ ।

इरिटेबल बाउल सिन्ड्रोम एक प्रकारको ग्यास्ट्रोइन्टेस्टाइनल डिसअर्डर हो । ठूलो आन्द्रामा हुने यो समस्याले दैनिक गतिविधिलाई नै असर पार्न सक्छ । तर यदि सही समयमा यसको लक्षण पहिचान गरी उपचार सुरु गरियो भने यो समस्याबाट छिट्टै छुटकारा पाउन सकिन्छ ।

इरिटेबल बाउल सिन्ड्रोम कस्तो रोग ?

यसलाई दुःख दिने आन्द्राको रोग भनेर पनि बुझिन्छ । यो समस्या भएमा ठूलो आन्द्राले राम्ररी काम गर्न सक्दैन । यस्तोमा पेट दुख्ने मात्र नभई दिसामा पनि असामान्य परिवर्तन देखिन सक्छ । इरिटेबल बाउल सिन्ड्रोम भएमा कसलाई कब्जियत, कसैलाई डायरिया वा कसैलाई दुवै किसिमको समस्या देखिन सक्छ ।

- Advertisement -
Ad image

कारण

यो समस्या एन्जाइटीजस्ता मनोरोगको समस्याले पनि गराउन सक्छ । जस्तै, कुनै कुरामा आत्तिने, तर्सिने, सोच्नेजस्तो समस्या भएका व्यक्तिमा यो रोग देखिन सक्छ ।

त्यसैगरी कुनै पनि भाइरल संक्रमण वा जीवाणु संक्रमणपछि आन्द्राको स्नायु प्रणालीमा परिवर्तन आउँदा देखिन सक्छ । नियमित एन्टिबायोटिक औषधि सेवन गर्ने वा तनावमुक्त गर्ने र ग्यास्ट्रिकको औषधि लिने व्यक्तिमा यो समस्या हुन सक्छ ।

संवेदनशील आन्द्रा वा कमजोर रोगप्रतिरोधात्मक क्षमताका कारण पनि यस्ता समस्या पैदा हुन सक्छ ।

लक्षण

डायरिया र कब्जियत नै यसका मुख्य लक्षण हन् । इरिटेबल बाउल सिन्ड्रोमले डायरिया गराएको हो भने दिसा पातलो आउँछ । दिसा गर्दा पेट दुख्नुका साथै दिनमा ६–७ पटक डायरिया हुन सक्छ । तर निदाएको अवस्थामा भने दिसा नलाग्न पनि सक्छ ।

यस्तै कब्जियत भइसकेपछि एक–दुई दिनसम्म पनि दिसा आउँदैन । दिसा आएपछि गोटा जमेको जस्तो आउँछ । यससँगै पेट दुख्ने सम्भावना पनि अत्यधिक हुन्छ । कसैलाई भने कहिले डायरिया हुने त कहिले कब्जियत हुने भइराख्छ । यसबाहेक पेटमा असहज हुने, पेट कराउने, शरीर गल्ने, तौल घट्ने र छिट्टै नियन्त्रण नभए तनाव गराउने पनि हुन सक्छ । लामो समयसम्म भइँरहदा व्यक्तिलाई डिप्रेसन नै हुन सक्छ ।

दिसा सामान्यभन्दा फरक भएको देखिनासाथ अस्पताल पुग्नु राम्रो हुन्छ । धेरै व्यक्तिले जथाभावी औषधि खाने र ठीक नभएपछि मात्रै अस्पताल पुग्ने गर्छन् । यसो समस्या जटिल बन्न सक्छ ।

उपचार

इरिटेबल बाउल सिन्ड्रोमको मुख्य उपचार भनेको नै जीवनशैली व्यवस्थापन हो । यदि पाचनप्रणाली राम्रो बनाउन फाइबरयुक्त खानेकुरा खाने, फलफूल खाने, सागपात, पानी बढी पिउने बानी बसाल्नुका साथै तनावलाई व्यवस्थापन गर्दै गएमा स्वतः बिस्तारै ठीक हुँदै जान्छ । साथै लक्षण हेरेर औषधि सेवन गर्नुपर्छ । केहिी बिरामीलाई साइकोलोजिकल थेरापीको पनि आवश्यकता पर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्