Ad imageAd image

नेपालले आज फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्दै

खबर खुराक
खबर खुराक ३२ जेष्ठ २०८०, बिहीबार
1 Min Read
Aa

३२ जेठ ।

नेपालले आज फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपाली समय अनुसार साँझ पौने पाँच बजे फिलिपिन्सको राजधानी मनिलामा मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो ।

साफ च्याम्पियनपसिप अघिको यो अभ्यास खेल नेपालका लागि कमजोरी सुधारको मौका हुने विश्वास छ । साफ गेम आगामी असार ६ गतेदेखि भारतमा सुरु हुँदैछ ।

फिलिपिन्ससँग अभ्यास खेल खेलेपछि नेपाली टोली साफ खेल खेल्न सिधै भारतको बेंग्लोर जाने छ । साफ खेलको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र कुवेत छन् भने समूह ‘बी’ मा माल्दिभ्स, भुटान, लेबनान र बंगलादेश छन् ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्