Ad imageAd image

दलित महिला सदस्य बिकको उपचारका क्रममा अस्पतालमा मृत्यु ,श्रीमान शम्भुलाई प्रहरीले पक्राउ

खबर खुराक
खबर खुराक ३२ जेष्ठ २०८०, बिहीबार
1 Min Read
Aa

३२ ,जेठ ।

श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ की दलित महिला सदस्य ज्ञानी बिकको मृत्यु भएको छ ।

घरायझी झगडामा यही जेठ २९ गते ज्ञानीलाई श्रीमान् शम्भु बिकले कुटपिट गरेका थिए । गम्भीर घाइते भएको ज्ञानीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । धुलिखेल अस्पतालमा परिक्षणको क्रममा टाउकोमा रगत जमेको पाइएपछि उनको शल्यक्रियासमेत गरिएको थियो ।

ज्ञानीलाई कुटपिट गर्ने उनका श्रीमान शम्भुलाई प्रहरीले पक्राउ गरिसकेको छ । ज्ञानी अघिल्लो कार्यकालमा पनि दलित महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्