Ad imageAd image

काठमाडौंमानै सरकारी भवन बिना नक्सा पासका !

खबर खुराक
खबर खुराक १ असार २०८०, शुक्रबार
2 Min Read
Aa

१,असार।

काठमाडौं महानगरपालिका भित्र नक्सा पास बिना नै ठुला सरकारी भवन निर्माण भएपछि महानगरपालिकाले सचेत गराएको छ । बिहीबार महानगरपालिकाको शहरी विकास विभागका प्रमुख सुरज शाक्यले नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित भवन, नेपाल टेलिकम, नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक बनाएको भवनको नक्सा महानगरमा नरहेको भन्दै नक्सा पास भए, नभएको विवरण पेश गर्न सूचना जारी गरेका हुन् ।

नेपाल राष्ट्र बैंकको काठमाडौं ११ थापाथली र काठमाडौं ४ बालुवाटारको नयाँ भवनको नक्सा पास भए, नभएको विवरण माग गरेको हो । यस्तै महानगरपालिकाले ११ नम्बरको सुन्धारामा नेपाल टेलिकमले बनाएको भवनको नक्साको अवस्था सोधेको छ । यस्तै थापाथली मै रहेको राष्ट्रिय वाणिज्य बैंकको भवनको नक्सा महानगरमा नरहेको भन्दै पेश गर्न भनेको हो ।

मापदण्डमा पुग्ने तर नक्सा पास नगरेका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिका भवन नक्सा पास प्रक्रियामा आउन महानगरले पहिलो पटक २३ भदौ २०७९ मा ९० दिनको अवधि दिएर सार्वजनिक सूचना जारी गरेको थियो । यसबाट करिब ७ हजार निवेदन दर्ता भए । तीमध्ये १ हजार ७ सय बढी नक्सा स्वीकृत भइसकेको महानगरले जनाएको छ ।

- Advertisement -
Ad image

यसरी दिइएको समयमा नियमित प्रक्रियामा आउन नसक्नेहरुका लागि ३ जेठ २०८० मा ३५ दिनको अवधि दिएर सार्वजनिक सूचना जारी गरिएको छ । यसबाट सरकारी, गैरसरकारी, वित्तीय संस्था लगायत सबैलाई नक्सा स्वीकृतिका लागि आग्रह गर्दा पनि सरकारी कार्यालयकै ठुला भवनहरु नक्सा पासको प्रक्रियामा नआएको भन्दै सचेत गराएको हो ।

प्रतिक्रिया दिनुहोस्