१, असार ।
आजकल कपाल झर्ने समस्याले जो कोहीलाई पनि सताएको देखिन्छ । कतिपयको कपाल यति धेरै झर्छ कि कतिपय ठाउँमा टाउको खाली नै देखिन्छ । कपालको उचित हेरचाह नगर्दा धेरै पटक कपाल झर्न थाल्छ भने कतिपयको कपालमा पोषक तत्त्वको कमीले पनि कपाल झर्छ । कपाल झर्नु आजभोलि आम समस्या बनेको छ । मानिसहरू कपाल झर्न कम गर्न र टाउकोमा कपाल उमार्न विभिन्न घरेलु उपाय अपनाउने गर्छन् । विभिन्न प्रकारका महँग उत्पादनहरू प्रयोग गर्छन् तर पनि यसले खासै फाइदा पुर्याइरहेको हुँदैन । वास्तवमा कपालले आवश्यक पोषक तत्त्व धेरै पटक नपाउँदा कपाल झर्न थाल्छ । तपाईंले नियमित रूपमा केही खानेकुराहरू खान थाल्नुभयो भने कपाललाई धेरै मात्रामा पोषण पाउँछ र कपाल झर्ने समस्या पनि कम हुन्छ ।
१. गाजरले कपाल छिटो बढाउँछ ।
२. दैनिक अण्डा खानुहोस् ।
३.सिट्रस फलहरू खानुहोस् ।
४. एभोकाडो, दालचिनी पनि उत्तम हुन्छ ।
प्रतिक्रिया दिनुहोस्