२ ,असार ।
स्क्रब टाइफस रोग मुसामा लाग्ने एक प्रकारको किर्नाजस्तै ‘माइट’ नामक संक्रमित जीवाणुले टोकेमा स्क्रब टाइफस रोग लाग्छ । यो जीवाणु झाडी, खेतबारी, वनजंगल, घरवरिपरि घाँस भएको ठाउँमा हुन्छ । मुसाले एक प्रकारको तरल पदार्थ खाएर अघाएपछि माइट जातको किर्ना घाँसपातमा झर्छ र उक्त घाँसपातमा का गर्दा वा टेक्दा शरीरमा टाँसिएर संक्रमितले टोक्दा सर्छ ।
स्क्रब टाइफस संक्रमित व्यक्तिमा टाउको दुख्ने, उच्च ज्वरो आउने, घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थि सुनिनेलगायत लक्षण देखिन्छ । समयमै उपचार नगरे यसले गम्भिर रुप लिन सक्छ, जस्तै मस्तिष्क, कलेजो, फोक्सो, आदिको संक्रमण र कहिलेकाहीँ बहुअंग विकार (मल्टी अर्गन डिस्फंसन) को अवस्था पनि सिर्जना हुन सक्छ।
प्रतिक्रिया दिनुहोस्