Ad imageAd image

पाल्पाको तिनाउ खोलामा डुबेर गुल्मीका युवकको मृत्यु

मिलन विश्वकर्मा
मिलन विश्वकर्मा २ असार २०८०, शनिबार
1 Min Read
Aa

पाल्पा, २ असार । पाल्पामा डुबेर एक जनाको शनिबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मीको सत्यवती गाउँपालिका–७ का १८ वर्षीय अभिषेक परियार रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । उनको तिनाउ गाउँपालिका–३ सिद्धबाबास्थित तिनाउ खोलाको ड्याममा डुबेर भएको हो ।

मृतक अभिषेक अध्ययनका लागि रुपन्देहीको तिलोत्तमा–३ ड्राइभरटोलमा उनी कोठा भाडामा बस्दै आउनुभएको थियो ।

तिनाउ खोलामा पौडी खेल्ने क्रममा आज मध्यान्न १२ बजे अचानक डुबेर बेपत्ता हुनुभएको थियो । प्रहरीले खोजतलास गर्ने क्रममा दिउँसो साढे १ बजे डुबेको ठाउँमा अचेत अवस्थामा फेला पर्नुभएको थियो ।

- Advertisement -
Ad image

उपचारको लागि रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका प्रनाउ थापाले बताउनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्