Ad imageAd image

प्रतितोला २०० रुपैयाँले बढ्यो सुनको मुल्य

खबर खुराक
खबर खुराक ३ असार २०८०, आईतवार
1 Min Read
Aa

३ असार, काठमाडौ । चालु साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ।अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला ८०० रुपैयाँ बढेको सुनको मूल्य यस दिन प्रतितोला २०० रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ।

शुक्रबार प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेको हो।

प्रतिक्रिया दिनुहोस्