Ad imageAd image

जिम्बाव्वेविरुद्ध आसिफको पनि अर्धशतक

खबर खुराक
खबर खुराक ३ असार २०८०, आईतवार
1 Min Read
Aa

३ असार, बुटवल । आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध नेपालका आशिफ शेखले पनि अर्धसतक पूरा गरेका छन् । उनले ८२ बल खेल्दै ५१ रन बनाएर अर्धसतक पूरा गरेका हुन् । २८ ओभरको ५ औं शलमा उनले चौका प्रहार गर्दै अर्धसतक पूरा गरे ।

यसअघि ओपर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धसतक पूरा गरेका छन् । उनले ६३ बल खेल्दै २० औं ओभरको अन्तिम बलमा १ रन जोडेर अर्धसतक पूरा गरेका हुन् । कुशलले ८७ बल खेल्दै ९३ रन जोडेका छन् ।

यो समाचार तयार पार्दासम्म नेपालले २७ दशमलव ५ ओभर खेल्दा विना विकेटको क्षतिमा १५० रन जोड्न सफल भएको छ । हरारे स्पोर्ट्स क्लबमा जारी प्रतियोगितामा टस जितेपछि जिम्बावेले बलिङ रोजेको थियो ।

प्रतिक्रिया दिनुहोस्