३, असार ।
पाल्पाकाे कालिगण्डकी नदीमा नुहाउने क्रममा बेपत्ता भएकी बालिकाको शव फेला परेको छ।
आइतबार बिहान रामपुर नगरपालिका-८की पार्वती रामजालीको शव फेला परेको प्रहरीले बताएको छ। कालीगण्डकी नदीको भुजातस्थित नुहाउने क्रममा पार्वती बिहीबार बेपत्ता भएकी थिइन्।
उनको शव तीन दिनपछि १ किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वीरेन्द्र थापाले जानकारी दिए।
उनी बेपत्ता भएपछि इलाका प्रहरी कार्यालय रामपुरबाट टोली खटाइ खोजतलास भइरहेको थियो। बिहान शव भेटिएपश्चात पोष्टमर्टमको लागि रामपुर अस्पताल पठाईएको डिएसपी थापाले बताए।
प्रतिक्रिया दिनुहोस्