Ad imageAd image

बलिउड अभिनेता सनी देओलका छोरा करण देओल गरे विवाह

खबर खुराक
खबर खुराक ३ असार २०८०, आईतवार
1 Min Read
Aa

३ असार, मुम्बई । बलिउड अभिनेता सनी देओलका छोरा करण देओल विवाह गरेका छन्।

भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार आइतबार उनले दृशा रायसँग विवाह गरेका हुन्।

करण र दृशाको गतवर्ष नै इन्गेजमेन्ट भएको खबर बाहिरिएको थियो। करणको म्यानेजरले उक्त खबर झुटो भएको बताएका थिए।

दृशा फिल्मकर्मी विमल रायकी नातिनी हुन्। विमलले ‘बीघा जमीन, परिणीता, देवदास, सुजाता, बन्दिनी’ जस्ता फिल्म बनाएका थिए।

- Advertisement -
Ad image

करणले ‘पल पल दिलके पास’ बाट बलिउड फिल्ममा डेब्यू गरेका थिए। उनी आगामी फिल्म ‘आपने २’ मा देखिनेछन्। यो फिल्ममा करणसँगै सनी देओल, धमेन्द्र देओल र बबी देओलको मुख्य भूमिका रहनेछ।

प्रतिक्रिया दिनुहोस्