Ad imageAd image

सुशासनका लागि साक्षरता कार्यक्रम  रुपन्देहीको भैरहवामा सप्पन्न

खबर खुराक
खबर खुराक ३ असार २०८०, आईतवार
3 Min Read
Aa

३, असार ।

रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा प्रदेशका १२वटै जिल्लामा सुशासनका लागि साक्षरता कार्यक्रम  आज लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय राप्ती उपत्यकाको सहयोगमा   रुपन्देहीको भैरहवा स्थित एक होटलमा सप्पन्न भएको छ ।

कार्यक्रममा  सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, चेम्बर अफ कमर्स, रुपन्देही उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, बुटवल उद्योग वाणिज्य संघ कार्यसमिति सदस्य टिकाराम बञ्जाडे, भैरहवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अनिल कुमार झा, माइती नेपाल रुपन्देहीका माया क्षेत्री, लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी प्रमुख दीपक कुमार थापा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर वि.क, श्री गरुडदल गण रामनगर व्यारेकका ओम बहादुर अधिकारी , शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्याल, बरिष्ठ पत्रकार डा.बालकृष्ण चापागाई, बिबिसी रुपन्देही संवाददाता माधव नेपाल,  खबर खुराक डट कम (अनलाइन) का रमा पन्थी , रुपन्देही खबर (अनलाइन) का उर्मिला यादव लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुशासन अभियन्ता महेन्द्र पाण्डेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने पत्रकार नारायण वलीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

- Advertisement -
Ad image

उक्त कार्यक्रममा बक्ताहरुबाट शुसासन आफै भित्र बाट सुरु गरेर समाजमा देखिएका बिकृती बिसङती विरुद्ध खबरदारी गर्नु हामी न्यायीक तन्त्र, कर्मचारी सम्बन्धित निकाय, स्कुल कलेज ,सबैमा सर्बसाधारण जनता सबैमा अनुरोध गरिएको थियो ।

स्थानीयले तहले काम कसरी गर्ने र जनता ले सेवा शुबिधा पाउन धेरै कुर्नुपर्ने बाध्यता को अन्य गर्न एक घन्टा भित्र नागरिकताको प्रतिलिपी पाउने ब्यवस्था मिलाइएको कुरा जि शि अ ले बताउनु भयो  । त्यस्तै न्यायीक समन्वय समिती प्रमुखले कर्मचारी भित्र नै स्व्च्छ सम्बन्ध नभएको बताउनु भयो । “त्यस्तो हुनुमा हाकिमको सरुवा छिटो छिटो ( ६/७)महिना मा भैदिनाले पुराना कर्मचारी हाकिमको सरुवा भैहाल्छ भन्ने सोचेर सेवा ग्राहिको सबै कुरा हाकिम सम्म नपुग्नाले पनि हो” सुशासन कायम गर्न अनियमितता ,भ्रष्टाचार दुर्व्यवहार जस्तो कुराहरु अन्त्य हुनु आबस्यक छ ।

सिमानाको कुरा गर्दा १०६ वटा पिल्लर छ्न । त्यस्तो हुदाहुदै पनि जेठ ३२ गते सम्म लगभग ६४ लाख बराबरको सामान बरामद गरेको र त्यो चोरीको भएकोले सिमानामा अजै चोरी / छली नरोकिएको र जानकारी भएमा हामिलाइ बताएर धन्यवादको पात्र हुन सशस्त्र प्रहरी प्रमुख दीपक कुमार थापाले आग्रह गरे।

 

वैशाख ८ गते  गुल्मीबाट सुशासनका लागि साक्षरता कार्यक्रम सुरु भएको हाे । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालयको सहयोगमा रिपोर्टर्स क्लब नेपालले सो कार्यक्रम सुरु गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्