नेकपा एमालेका सचिव योगेश भट्टराईलाई ताप्लेजुङका पहिचानवादीहरुले जिल्ला प्रवेशमा निषेध गरेका छन् ।
ताप्लेजुङका आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लिुङ, किरात राई यायोख्खा, किरात धर्म साहित्य उत्थान संघ, सुनुवार सेवा समाज, खस क्षेत्री एकता समाज, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र लिम्बू विद्यार्थी संघले प्रेस विज्ञप्ति जारी गर्दै निषेध घोषणा गरेका हुन् ।
नीहरुले जारी गरेको विज्ञप्तिमा आदिवासी जनजाति समुदायहरुलाई कानून विपरीत हिंसा गर्ने, पहिचानवादी समुदायहरुको न्यायिक आन्दोलनलाई जबरजस्त दबाउने क्रम जारी रहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव योगेश भट्टराईले गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएका उल्लेख छ ।
एमाले पार्टीको नेता कार्यकर्ता युवा संघलाई प्रतिकारमा उत्रन आव्हान जारी गर्ने जस्ता उग्रवामपन्थी गैरजिम्मेवार अभिव्यक्ति दिने काम पूर्व प्रधानमन्त्री केपी ओलीले गरिरहेको बेला सचिव योगेश कुमार भट्टराईले पनि सोही प्रकृतिको अभिव्यक्ति दिएर आफ्नो भोटको अपमान गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्