४, असार
२०७८ राष्ट्रिय जनगणना स्मरण गर्दा २०७८ मा गरिएको राष्ट्रिय जनगणना अनुसार अर्घाखाँचीमा परिवारमा महिलाले नेतृत्व गर्नेमा भुमिकास्थान सबैभन्दा अगाडि देखिएको थियो भने शितगङ्गा नगरपालिका पछाडि देखिएको थियो राष्ट्रिय जनगणना २०७८ को नतिजा सन्धिखर्कमा सार्वजनिक गर्दै यस्तो जानकारी गराइएको हो । घरमा महिलाले नेतृत्व गर्नेमा अर्घाखाँचीमा भुमिकास्थान पहिलो स्थानमा देखिएको थियो।
तथ्यांक अनुसार भुमिकास्थानमा ५० दशमलव ४ प्रतिशत र शितगङ्गामा ३९ दशमलव ३ प्रतिशत महिलाले घरको नेतृत्व गर्दै आएका छन् । तथ्यांक अनुसार २०७८ मङ्सिर ९ गतेसम्म अर्घाखाँचीको जनसंख्या १ लाख ७७ हजार ८६ रहेको छ । जसमा ९६ हजार ४ सय १४ महिला र ८० हजार ६ सय ७२ पुरुष रहेका छन् । यस्तै अर्घाखाँचीको जनसंख्या वृद्धिदर (१ दशमलव ०५ प्रतिशतले घटेको देखिएको थियो ।
भने सन्धिखर्कमा ० दशमलव ३२ प्रतिशले जनसंख्या वृद्धि भएको देखिएको छ । अर्घाखाँचीमा ४८ हजार ४ सय ६५ परिवारमा औसतमा प्रती परिवार ३ दशमलव ६५ जनाका दरले मानिस बसोबास गर्दै आएकाथिए ।
जिल्लामा १० बर्षदेखि १४ बर्ष उमेर समुहका नागरिक सबैभन्दा धेरै १० दशमलव २७ प्रतिशत देखिएका छन् । यस्तै १५ बर्ष मुनिका २८ दशमलव ४ प्रतिशत र ५९ बर्ष माथिका १३ दशमलव ८७ प्रतिशत नागरिक अरुको आश्रयमा जीवन धान्ने अवस्थामा थिए।
२०७८ को जनगणनाअनुसार अर्घाखाँचीमा ८० प्रतिशत नागरिक साक्षर देखिएका छन् । जसमा ८७ दशमलव ७ प्रतिशत पुरुष र ७३ दशमलव ८ प्रतिशत महिला साक्षर देखिएको थियो अर्घाखाँचीमा जम्मा जनसंख्याको ३ दशमलव ५ प्रतिशत नागरिकमा कुनै न कुनै प्रकारको अपांगता रहेको देखिएको छ । यस्तै यो जिल्लामा ८३ दशमलव ७ प्रतिशत नागरिकले पक्की शौचालयको प्रयोग गर्ने र अझैपनी १ दशमलव १ प्रतिशत नागरिकले कुनै किसिमको चर्पी प्रयोग नगरेको देखिएको थियो। यस्तै ९५ दशमलव ७ प्रतिशत नागरिकले बिजुली, ८९ दशमलव २ प्रतिशतले धारारपाइपको खानेपानी, ८८ दशमलव ३ प्रतिशत नागरिकले दाउराको प्रयोग गर्ने गरेका थिए ।
२०६८ देखि २०७८ सम्म अर्घाखाँचीमा ३९ हजार ५ सय ८६ जनाले बसाइँसराइ गरेका छन् । यसरी बसाइँसराइ गर्नुको प्रमुख कारण बिवाह र बेरोजगारी देखिएको थियो ।
यस्तै ३२ जातजातिका नागरिक बसोबास गर्ने भएपनी अर्घाखाँचीमा सबैभन्दा धेरै ब्राह्मण रहेका छन् भने १ लाख ७४ हजार ३४ जनाले हिन्दु धर्म मान्दै अएका छन् । प्रमुख जिल्ला अधिकारी कमलराज ढकालको अध्यक्षता,जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाको प्रमुख आतिथ्यता र जिल्ला स्थित सुरक्षा निकाय,सरकारी कार्यालय,पत्रकार तथा अन्य सरोकारवाला संघर संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा तथ्यांक सार्वजनिक गरिएको थियो ।
अर्घाखाँची डट कम, गोपाल प्रसाद भट्टराई
प्रतिक्रिया दिनुहोस्