Ad imageAd image

कोहलपुर नगर शिक्षा शाखामा तालाबन्दी गर्दै

खबर खुराक
खबर खुराक ४ असार २०८०, सोमबार
2 Min Read
Aa

४ असार,काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी) ले बाँकेको कोहलपुर नगरपालिकाको नगर शिक्षा शाखामा सोमबार अनिश्चितकालिन तालाबन्दी गरेको छ । आफ्ना मागहरु पुरा नभएको भन्दै कोहलपुर नगरपालिका नगर शिक्षा शाखामा अनिश्चितकालिन तालाबन्दी गरेको हो ।

अनेरास्ववियू (क्रान्तिकारी) का बाँके संयोजक विश्वजितले ८ वटा बुँदामा रहेका मागलाई सम्बोधन नभएसम्म आफूले लगाएको तालाबन्दी नखोलिने जनाउँदै बलजब्ती तोडफोड गरेर ताला खोल्ने प्रयास गरिएमा त्यसपछिको अवस्थाको जिम्मेवार नगर शिक्षा शाखा नै हुने बताउनुभयो । उहाँले भन्नुभयो, “महिनौ पुगिसक्दा समेत स्थानीय सरकार र त्यसको शिक्षा शाखाले हाम्रा मागहरुप्रति सामान्य छलफल र बहस नै नगर बेवास्ता गर्नुले शैक्षिक व्यापारीप्रति स्थानीय सरकारको लचकता, निरिहता र शिक्षाप्रतिको गैर जिम्मेवारपुर्ण रबैया प्रकट गरेको छ ।

अनेरास्ववियू (क्रान्तिकारी) का बाँके संयोजक विश्वजितले मागहरुबारे वास्ता नगरिएकोले दोस्रो चरणको संघर्षको कार्यक्रम अन्तर्गत स्थानीय सरकारको शिक्षा शाखामा अनिश्चितकालिन तालाबन्दी गरिएको बताउनुभयो ।

अनेरास्ववियू (क्रान्तिकारी) का मागहरु बारे जानकारी माग्दा कोहलपुर नगरपालिका शिक्षा शाखाका प्रमुख रामबहादुर हमालले विद्यार्थिका मागहरु पुरा गर्ने निकाय नगर शिक्षा शाखा नभई नगरपालिका र राष्ट्रिय स्तरबाट सम्बोधन हुने भएकोले यहाँबाट माग बारे समन्वय मात्र गरिरहेका बताउनुभयो ।

- Advertisement -
Ad image

अनेरास्ववियू (क्रान्तिकारी) ले अघि सारेका आठ बुँदे मागहरुमा सामुदायिक विद्यालयमा विद्यार्थीहरुबाट मासिक शुल्क, भर्ना शुल्क लगायतका विभिन्न बहानामा लिइने शुल्क खारेज गर्नुपर्ने, सार्वजनिक जिम्मेवारी तथा पदधारण गरेका व्यक्तिहरुले निजी शिक्षण संस्थामा लगानी गर्ने कार्य बन्द गरिनुपर्ने, राजनीतिक भागबण्डाको आधारमा गरिने शिक्षक, प्राध्यापक तथा कर्मचारी नियुक्ती बन्द गर्नुपर्ने, विद्यालयको शैक्षिक गुणात्मक एवम् भौतिक सुधारमा विशेष जोड दिनुपर्ने, बढिरहेको महिला हिंसालाई मध्यनजर गर्दै विद्यालयहरुमा छात्राहरुको आत्मसुरक्षा र शसक्तिकरणका लागि ‘आत्म शुरक्षा तालिम’ सञ्चालन गर्नुपर्ने, सामुदायिक विद्यालयका विद्यार्थीहरुको लागी छुट्टयाईएको वर्गिकृत छात्रवृत्तिममा पारदर्शिता अपनाएर सम्बन्धित विद्यार्थीहरुलाई सहजरुपमा उपलब्ध गराउनुपर्ने लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्