५,असार, ।
पशुपतिनाथ मन्दिर परिसरबाट भक्तजनहरूले चढाउने भेटी र मूल्यवान् सामान नियमित रूपमा चोरी हुने गरेको सार्वजनिक भएको छ । करिब साढे चार महिनाअघि मन्दिर परिसरबाट दानपेटिका हराएको घटना छानबिन गर्न गठन भएको टोलीले ‘मन्दिर परिसरबाट नियमित रूपमा भेटी चोरी हुने गरेको र त्यो दिन संयोगले मात्रै घटना सार्वजनिक भएको छ ।
छानबिन टोलीले ‘घ्याम्पो राखिएको ठाउँबाट भित्री कोठाको निरीक्षण गर्दा बारम्बार त्यहाँ घ्याम्पो लैजाने र सकेको रकम निकाल्ने गरेको सहज अवस्था आकलन गर्न सकिने’ निष्कर्ष निकालेको छ । टोलीले भेटी संकलन, त्यसको भण्डारण र भोलिपल्ट गणना गर्ने तौरतरिका हेर्दा त्यहाँ नियमित रूपमा चोरी हुने गरेको निष्कर्ष निकालेको छ ।
छानबिन टोलीले त्यो दिन घ्याम्पोको संख्या यकिन गरेपछि मात्रै भेटी गणना गर्नुपर्नेमा प्रक्रिया मिचेर हेलचेक्र्याइँ गरेकाले कारबाही गर्नुपर्ने सुझाव दिएको छ । अध्ययन टोलीले प्रतिवेदनमा भनेको छ– ‘घ्याम्पो राखिएको ठाउँबाट भित्री कोठाको स्थलगत निरीक्षण गर्दा बारम्बार त्यहाँ घ्याम्पो लैजाने र सकेको रकम निकाल्ने गरेको आकलन गर्न सकिन्छ ।’
दानपेटिका हराएलगत्तै गठन भएको छानबिन समितिले दुई महाशाखा प्रमुख सहित अरू कर्मचारीहरूलाई जिम्मेवार ठह¥याए पनि अहिलेसम्म कारबाही भएको छैन । दानपेटिका हराएको घटना गोप्य राखेको कोषले अध्ययन प्रतिवेदन समेत सार्वजनिक गरेको छैन ।
भक्तजनहरूले मनोकामना पूरा हुने आकांक्षा राखेर चढाएको दान (नगद र जिन्सी) समेत चोरी गर्नु मानवताको धर्म विपरित कुरा हो’ प्रतिवेदनमा भनिएको छ– ‘घ्याम्पो राखिएको स्थानमा सीसी क्यामेरा चालु नराखेको कारण सो स्थानको सीसी क्यामेरा हेर्न पाइएन । जसको कारण चोरीमा संलग्न व्यक्तिहरू यकिन गर्न सकिएन ।’
प्रतिक्रिया दिनुहोस्