Ad imageAd image

पहिरोमा पुरिएर तनहुँमा एक मजदुरको मृत्यु

खबर खुराक
खबर खुराक ५ असार २०८०, मंगलवार
1 Min Read
Aa

५ असार,तनहुँ ।  पृथ्वी राजमार्गको सडक विस्तारको काम गरिरहेका बेला पहिरोमा पुरिएर तनहुँमा एक मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीमा सोमबार साँझ ५ ः५० बजे पृथ्वी राजमार्ग मुग्लिङ पोखरा सडक खण्डमामा काम गर्ने एकको मृत्यु र दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

झापा  जिल्लाको  शिवशताक्षी नगरपालिका– ७ बस्ने वर्ष ३३ को भीम भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो । यसै गरी सोही ठाउँ निवासी  वर्ष ४५ को कृष्ण लिङदेलको घाइते भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । उदयपुर जिल्लाको कटारी न।पा।–।७ बस्ने वर्ष ४० को बल बहादुर राई घाइते हुनु भएको उहाँको दमौलीको रत्न हरी अस्पतालमा उपचार भइरहेको छ  । टेवा पर्खालको काम भइरहेको बेला पहिरो खस्न गई सोही सडकमा निर्माण काम गरी रहेका बेला तिनै जना घाइते हुनु भएको थियो ।

पहिरोले पुरी तिनै जना घाइते भएकोमा तत्काल उद्धार गरी रत्न हरी मेमो रियल अस्पताल दमौलीमा पुर्याई उपचारको क्रममा भुजेलको मृत्यु भएको प्रनाउ खाँडले जानकारी दिनुभयो । घटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्