Ad imageAd image

भिरालो जमिनमा बसोबास गर्नेहरुलाई विशेष सतर्कता अपनाउन मौसमविद्को आग्रह

खबर खुराक
खबर खुराक ५ असार २०८०, मंगलवार
1 Min Read
Aa

५,असार ।

गएराति देखिनै काठमाडौं उपत्यकासहित देशभर नै झरी परिरहेको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज दिनभरि नै पानी पर्ने सम्भावना रहेको छ । उहाँका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यस्तै, अन्य प्रदेशका केही ठाउँमा पनि ठूलो पानी पर्ने छ ।

आज राति पनि गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा र अन्य प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ । पछिल्लो ३ घण्टामा मकवानपुर, धादिङ, अर्घाखाँची, दाङ, सुनसरी, सप्तरी, सोलुखुम्बु र सिन्धुपाल्चोकमा ठूलो वर्षा भएको छ । अबको एकरदुई दिन पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम बढेको छ ।

बाढी पहिरोको जोखिम रहेकाले नदी छेउछाउ तथा भिरालो जमिनमा बसोबास गर्नेहरुलाई विशेष सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । यस्तै, यात्रा गर्दा, खेतबारीको काम गर्दा ध्यान दिन सुझाव दिइएको छ । लगातार पानी पर्ने सम्भावना रहेकाले घर बाहिर निस्किँदा छाता, प्लास्टिक, घुम, रेनकोट लगायतका ओडो बोक्न पनि सुझाव दिइएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्