Ad imageAd image

सफल जिन्दगीका लागि अपनाउनु पर्ने केही राम्रा बानीहरु

खबर खुराक
खबर खुराक ५ असार २०८०, मंगलवार
2 Min Read
Aa

५,असार ।

मानिसका बानी नै उसका शत्रु र मित्र हुन्। इन्द्रियहरुलाई शत्रु र मित्र मानिए पनि यदि यी नै इन्द्रियहरुलाई वशमा राख्न सक्ने ताकत कसैमा छ भने तिनी हाम्रा बानीमा हुन । मान्छेका सही र गलत दुबै बानीले उसको जिन्दगी निकै फेरबदल  हुन सक्छ। अव्यवस्थित र अस्तव्यस्त दैनिकीले मावन जीवनमा कस्तो महासंकट आउन सक्छ त्यसैले सफल जिन्दगीका लागि केही राम्रा बानीहरु अपनाउनु पर्दछ ।

सफल जिन्दगीका लागि केही बानीहरुः

१) बिहानको केही समय शान्त रहनुस्। सफल मान्छेहरुले प्रायःजसो बिहान उठेर ध्यान गरेको पाइन्छ। यदि तपाईं पनि आफ्नो गर्न लागेको कार्यमा स्पष्टता चाहनु हुन्छ भने बिहानको केही समय शान्त रहनुस् अथवा ध्यान गर्नुस्।

- Advertisement -
Ad image

२) उठ्ने बित्तिकै केही सकारात्मक कुराहरु भनेर आफ्नो दिनको सुरुआत गर्नुस्। जसले गर्दा तपाईंमा आत्मविश्वास पैदा हुन्छ। आजको दिन मेरा हरेक दिनहरुभन्दा सबैभन्दा राम्रो हुनेछ यो भनेर सुरु गर्नु भयो भने र आज के गर्ने होला यार, केही काम नै छैन भन्नुभयो भने यसले हाम्रो मस्तिष्कलाई त्यहीअनुसार निर्देशन दिन्छ। र, कर्ममा देखिन थाल्छ। छनौट तपाईंको हो। तपाईं के भनेर आफ्नो दिनको सुरुआत गर्ने? विश्वास गर्नुस्। तपाईंले तपाईंको दैनिक बानीमा ल्याएको सामान्य सकारात्मक परिवर्तनले केही समयपछि तपाईंले सोचेभन्दा राम्रो प्रतिफल दिन्छ।

३) तपाईं जे प्राप्त गर्न चाहनुहुन्छ, जे बन्न चाहनुहुन्छ त्यसको स्पष्ट चित्र देख्ने कोसिस गर्नूस्। मस्तिष्कको भाषा भनेकै चित्र हो। यदि तपाईंसँग तपाईंको सपनाको स्पष्ट चित्र भयो भने मस्तिष्क आफूले प्राप्त गर्नुपर्ने कुरामा अन्यौंल नभइकन काम गर्न सुरु गर्छ।

४) हामी यति व्यस्त हुन थालिसक्यौँ कि हाम्रो कामबाट हामीलाई फुर्सद नै हुँदैन। तर, एउटा सिर्जनशील मस्तिष्कका लागि स्वस्थ शरीर अति आवश्यक विषय हो। त्यसैले आफ्नो व्यस्त दैनिकीको रुटिनमा शारीरिक अभ्यासलाई पनि स्थान दिनूस्।

५) तपाईं जुन फिल्डमा नेतृत्व गर्न चाहनुहुन्छ उक्त फिल्डको मास्टर बन्नुपर्ने हुन्छ। त्यो तबमात्र सम्भव छ, जब तपाईं अध्ययन गर्नुहुन्छ। अध्ययनलाई बानी बनाउनुस्।

६) कुनै पनि विचारमा स्पष्टता ल्याउन तपाईंले लेख्नुपर्छ। अनुसन्धानहरुले के पनि देखाएका छन् भने दुनियाँमा सफल भएका मान्छेहरुले आफ्ना गोलहरु लेखेका थिए। आफ्नो हरेक दिनको दैनिकीलाई डायरीमा उतार्थे र आज कुनै गल्ती भए त्यसलाई आउने दिनहरुमा दोहोरिन दिँदैन थिए।

प्रतिक्रिया दिनुहोस्