Ad imageAd image

सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना

खबर खुराक
खबर खुराक ५ असार २०८०, मंगलवार
1 Min Read
Aa

५ असार, धनगढी । सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना भएको छ । दुर्घटनामा ५ जना घाइते भएका प्रहरीले जनाएको छ ।

डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको गाडी केदास्यु गाउँपालिका १ मा दुर्घटना भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

उनका अनुसार गाडीमा सवार मन्त्री सिंहसहित उनकी श्रीमती अमृता सिंह, पीएसओ दिपक भण्डारी,  चालक धर्मराज जोशी र जयदेवी सिंह घाइते भएका छन् ।

उनीहरुको उद्दार गरेर उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको  भण्डारीले बताए ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्