Ad imageAd image

रुपन्देहीका अतिरिक्त हुलाक कर्मचारीहरुले भैरहवामा कालो पट्टी बाँधेर बिरोध प्रदर्शन !

खबर खुराक
खबर खुराक ५ असार २०८०, मंगलवार
3 Min Read
Aa

५,असार ।

हाल सम्म नेपाल सरकारले अतिरिक्त हुलाकहरु खारेज गर्ने घोषणा फिर्ता नलिएकोमा गम्भीर असहमति जनाउदै रुपन्देहीका हुलाक अतिरिक्त कर्मचारीहरुले हातमा कालो पट्टी बानेर बिरोध जनाएका छ्न ।

आज दिउसो करिब २ बजेतिर अतिरिक्त कर्मचारीहरुले हातमा कालो पट्टी बानेर बिरोध र्याली  निकाले ।  बिरोध र्याली  जिल्ला हुलाक  कार्यालय  शिध्दार्थनगर रुपन्देहीबाट निकालेका छन् ।

- Advertisement -
Ad image

बिरोध सभाका प्रतिनिधि पात्र संघर्स समितिका सदस्य सन्तोष पाठक ले हुलाक कार्यालय प्रमुख ऋषि केश रेग्मीलाई बुजाउनु भएको थियो । त्यसपछि उक्त र्याली पुनः जिल्ला प्रसासन कार्यालय शिध्दार्थनगर रुपन्देही मा पुगेर प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई ज्ञापन पत्र बुजाएको हो । ज्ञापनपत्र कार्यक्रमका सम्योजक चेतराम हरिजनले प्र. जि. अ. पाण्डेलाई बुजाउनुभएको हो ।

 

बिरोध सभामा सहभागी कर्मचारीहरुले आक्रोश पोख्दै थिए राज्यले बिना कुनै जानकारी ,रोजिरोटो खोसेर जिउँने आधार नै बन्द गराउन लागेको ले आफुहरुको विकल्प नै नभएकोले आन्दोलनमा उत्रिनु परेको बताए । भैरहवाको टन्तलापुर घाममा पानी पनि नखाइकन आन्दोलनलन मा होमिएका उनीहरुको बाच्ने र आफ्ना बालबच्चालाई बचाउने आधार नै त्यही ७र८ हजार को जागीर भएको र आफुले त्यही पनि गुमाउनु परेमा आफू सङै आफुमा निर्भर परिवारकै बिचल्ली हुने कुरा बताए ।

नेपालभर एघार हजार र रुपन्देही मा मात्र १ सय बहत्तर जना अतिरिक्त हुलाक कर्मचारी थिए । सरकारले जेठ १५ गतेको बजेट भाषणले गरेको अन्यायपूर्णा घोषणा अतिरिक्त कर्मचारीको लागि कालो दिन साबित भएको भन्दै नैरास्यता व्यक्त गरे ।

बिज्ञप्ती मा उल्लेखित मागहरु पूरा गराउन पत्रकार , सम्बन्धित निकाय सबैले सहयोग गरिदिनु हुन आग्रह गर्दै आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने कुरा समभागिले  खबर खुराक अनलाइनसँग बताए ।

राज्यले समाजदारीका साथ बैकल्पिक ब्यवस्थापन गरियोस या पुन संरचना मा पनि अतिरिक्त कर्मचारीको हक हित शुनिस्चित गर्नुपर्ने हुन्छ । एक पटक छलफल नगरी गणतन्त्र दिवसका दिनमा ११ हजार मानिसर उनीहरु प्रति आश्रति परिवारको बिचल्ली गरिएको दिन को फैसला विरुद्ध ज्यान दिएर लाग्ने सहभागीले बताए ।

जिल्ला प्रसासन कार्यालय शिध्दार्थनगर रुपन्देही मा पुगेर प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई ज्ञापन पत्र बुजाएको हो । ज्ञापनपत्र कार्यक्रमका सम्योजक चेतराम हरिजनले प्र. जि .अ. पाण्डेलाई बुजाउनुभएको हो ।

बिरोध सभामा सहभागी कर्मचारीहरुले आक्रोश पोख्दै थिए राज्यले बिना कुनै जानकारी ,रोजिरोटो खोसेर जिउँने आधार नै बन्द गराउन लागेको ले आफुहरुको विकल्प नै नभएकोले आन्दोलनमा उत्रिनु परेको बताए । भैरहवाको टन्तलापुर घाममा पानी पनि नखाइकन आन्दोलनलन मा होमिएका उनीहरुको बाच्ने र आफ्ना बालबच्चालाई बचाउने आधार नै त्यही ७र८ हजार को जागीर भएको र आफुले त्यही पनि गुमाउनु परेमा आफू सङै आफुमा निर्भर परिवारकै बिचल्ली हुने कुरा बताए ।

प्रतिक्रिया दिनुहोस्