Ad imageAd image

पोखरामा आज पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण हुँदै

खबर खुराक
खबर खुराक ६ असार २०८०, बुधबार
1 Min Read
Aa

६ असार, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनियाँ जहाज ‘सिचुवान एयरलाइन्स’ को जहाज पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न लागेको हो ।

चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आउन लागेको सो जहाज बुधबार बिहान ९ः३० बजे पोखरा विमानस्थल अवतरण गर्नेछ । जहाँ १ सय ३० जना यात्रु रहने छन् ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समेतलाई लिएर आउने सो विमानमा चिनियाँ खेलाडीहरु साथमा नै आउने छन् ।

दक्षिण एसिया मा नै पहिलोपटक पोखरामा आयोजना गरिन लागिएको ड्रागन बोट रेस फेस्टिबलमा सहभागी हुनका लागि ती खेलाडीहरु नेपाल आउन लागेका हुन् । सो फेस्टिबल यही असार ८ र ९ गते पोखरामा हुँदैछ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्