Ad imageAd image

शान्तिश्री परियारको स्वरमा ‘ढिँडो मलाई देऊ’ गीत सार्वजनिक

खबर खुराक
खबर खुराक ६ असार २०८०, बुधबार
1 Min Read
Aa

६ असार, काठमाडौं । रवि ओड र शान्तिश्री परियारको स्वरमा ‘ढिँडो मलाई देऊ’ गीत सार्वजनिक भएको छ। मंगलबार कार्यक्रम गरी गीत सार्वजनिक गरिएको हो ।

प्रमोद कुमार भण्डारीको निर्देशनमा तयार पारिएको गीतमा प्रकाश सापकोटाको शब्द रहेको छ भने संगीत सन्तोष श्रेष्ठले दिएका छन्।

संगीत संयोजन कमल सौरजले गरेका छन् भने सम्पादन मीन रावलले गरेका छन्। भिडियोमा मुख्य कलाकारमा तलिशा गुरुङ, रवि ओड, प्रिन्स विश्वकर्मा र खुश्बु खड्का छन्।

गीतको छायांकन चितवनमा गरिएको थियो जसमा दृश्य संयोजन गोपाल रायले गरेका हुन्।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्