Ad imageAd image

घट्यो सुनचाँदिको मुल्य

खबर खुराक
खबर खुराक ६ असार २०८०, बुधबार
1 Min Read
Aa

६ असार, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य एक लाख ११ हजार, तेजावी सुनको मूल्य एक लाख १० हजार ४५० र चाँदीको मूल्य १३ सय ८५ रुपैयाँ कायम भएको छ ।

मंगलबार एक लाख ११ हजार ८ सयमा छापावल र एक लाख ११ हजार २५० रुपैयाँमा तेजाजी सुनको कारोबार भएको थियो ।

यस्तै, हिजो चाँदीको कारोबार प्रतितोला १३ सय ८५ रुपैयाँमा भएको थियो ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्