Ad imageAd image

सिप सिक्दै पाल्पा रैना देविका महिलाहरु

खबर खुराक
खबर खुराक ६ असार २०८०, बुधबार
2 Min Read
Aa

६ असार, पाल्पा ।  रैनादेविछहरा-३, भुवनपोखरी छचुवाका कुमाल समुदाय का दिदिबहिनी सिप सिक्न लागि परेका छन । सिप नहुदा भने जस्तो काम गर्न नपाएका उनीहरुले सिप सिक्न शुरु गरे पछी खुसी बनेका छन । आफनो हातमा सिप नहुदा भने जस्तो आय आर्जन गर्न समेत नसकिने भन्दै उनीहरुले कम्मर कसेर तालिम लिन थालेका छन

शुरु शुरुमा कसरि सिक्ने होला भनेर चिन्तामा परेका महिलाहरुलाई हात चल्न थाले पछि भने अझै धेरै सिक्ने रहर जागेको छ । अव सिप सिकेर शु्रु शु्रुमा आफनै कपडामा कढाई गर्ने तथा पछि गएर ब्यवसायिक रुपमा कढाई गर्ने उदेश्य राखेको तालिममा सहभागि शोभा पौडेलको भनाई रहेको छ । तालिममा सहभागि भएर यति धेरै सिप सिक्छु जस्तो लागेको थिएन तर १५ दिनमा पनी धेरै सिक्न सकिदो रहेछ पौडेलले बताईन  ।

त्यसैगरि तालिममा सहभागि अर्कि सहभागि शुसिला केसीले पनी तालिमले आफुमा बिश्वास थपेको बताए। आफुले अरुले सिप सिक्न लागेको भन्ने सुनेर आएको तर सिक्दै जादा अझै धेरै सिक्ने चासो वढेको बताए । तालिममा सहभागि सवै महिलाहरुले राम्रो संग सिप सिकेको तालिमका प्रशिक्षक भुमा केसीले बताए । प्रशिक्षक केसीले शुरु शुरुमा सिकाउन निकै समस्या भएको तर आज भोलि भने सवै जानि सकेको बताए। त्यसैगरि केसीले तालिममा सहभागि महिलाहरुले उत्साहका साथ सिकेको बताए ।

गाउँमा तेसै बस्न भन्दा केही  न केही  आम्दानीका श्रोतमा वृद्धि  गर्ने  र  समयको  सदुपयोग गर्ने भन्ने विचा। त्यहाका महिलाहरुमा आएको छ  ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्