Ad imageAd image

भगतको लागूऔषध गिरोहमा रहेको खुलेपछि भजनलाई धरानबाट पक्राउ गरेर काठमाडौं ल्याउँदै

खबर खुराक
खबर खुराक ७ असार २०८०, बिहीबार
3 Min Read
Aa

७, असार।

लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) काठमाडौंसँग भएको मुठभेडमा गोली लागेर घाइते भएका भारतीय नागरिक विकास भगतसँग सम्बन्ध देखिएका एक जनालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ । ब्यूरोका एसपी चक्रराज जोशीका अनुसार धरानको भानु चोकस्थित सब्जीमण्डीबाट प्रहरीले राम भजनलाई पक्राउ गरेको हो । उनका अनुसार भारतीय नागरिक भगत जोगवनी नाकाबाट नेपालमा लागूऔषध ब्राउन सुगर भित्र्याउने नाइके हुन् ।

उनले महिलाबिरुद्ध हुने सबैप्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि सीड १९७९ को सातौँ आवधिक प्रतिवेदन समितिमा पठाउन स्वीकृति दिने, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई ओमानमा हुने आठौं एनआरएनए मिडिल स्टिथ रिजनल कन्फ्रेन्स एमासीमा प्रमुख अतिथिको रुपमा सहभागी हुन अनुमति दिने निर्णय गरेको पनि बताइन् ।

सरकारले नेपाल र बेलायत सरकारबीचको दुई पक्षीय श्रम सम्झौता कार्यान्वयन गर्न कार्यान्वयन सम्बन्धी कार्ययोजना इम्प्लिमेन्शन प्रोटोकल स्वीकृत गर्ने, चीनको सिचुआन प्रान्त छेन्जुङमा २०८० असार ११२ गतेदेखि १४ गतेसम्म सिचुआन काउन्सिलको आयोजनामा हुने १२ औं चाइना सिचुअन साउथ एशिया एण्ड साउथेस्ट एशिया बिजनेस लिडर समिट कार्यक्रममा सहभागी हुन म्याग्दी जिल्लाका जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापाको भ्रमणलाई स्वीकृति दिने निर्णय गरेको छ ।

- Advertisement -
Ad image

लामो समयदेखि सर्भिलेन्स गरिरहेका थियौं, २९ जेठमा उनी काठमाडौं आएका बेला पछ्याउँदै जाँदा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाउनु परेको थियो’, जोशीले भने, ‘हाल उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् ।’ उपचारमा भएकाले प्रहरीले अदालतबाट म्याद लिन पाएको छैन । औपचारिक बयान पनि भएको छैन । तर, अनौपचारिक सोधपुछका आधारमा प्रहरीले छानबिन जारी राखेको छ ।

त्यही क्रममा लागूऔषध कारोबारमा भगतका सहयोगीमाथि पनि प्रहरीले नजर राखेको छ । ‘भगतको लागूऔषध गिरोहका एक सदस्य रहेको खुलेपछि भजनलाई धरानबाट पक्राउ गरेर काठमाडौं ल्याउँदैछौं’, जोशीले भने । धरानबाट विराटनगर हुँदै काठमाडौं आएका भगतलाई प्रहरीले २८ जेठमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्किने वित्तिकैदेखि पिछा गरेको थियो । प्रहरी अधिकृतहरुका अनुसार भगत लागूऔषध लिएर आएको सूचना थियो ।

त्यसक्रममा उनी विमानस्थल पछाडि पीपलबोटको बायाँतर्फबाट गौशाला जाने बाटोतिर गएका थिए । त्यहाँको एक होटलमा प्रवेश गर्ने वित्तिकै प्रहरी पनि भित्र छिरेको थियो । त्यसक्रममा प्रहरीसँग घम्साघम्सी भएको अधिकृतहरु बताउँछन् । ‘त्यसदिन घटनास्थलबाट १०० ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको थियो, उनको बयान लिएर थप नेक्ससबारे छानबिन जारी छ’, जोशी थप्छन् । लागूऔषधको मुद्दामा प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानूनी व्यवस्था छ । लामो समयदेखि धरानमा बस्दै आएका भगत त्यहाँ तरकारी पसल सञ्चालन गर्थे । त्यही पसलको आवरणमा उनले सञ्जाल नै खडा गरेर लागूऔषध विक्री वितरण गर्ने गरेको प्रहरी दाबी छ ।

प्रतिक्रिया दिनुहोस्