७, असार ।
खुट्टाको दुखाई जो कसैलाई पनि हुन सक्छ । थकान, कमजोरी, अत्यधिक शारीरिक श्रम वा कुनै रोगका कारण खुट्टामा दुखाई हुनु सामान्य हो । तर कतिपय व्यक्तिलाई यसले ठुलो दुख: दिइरहेको हुन्छ । लामो समय हुने दुखाई गम्भीर प्रकारको पनि हुन सक्छ ।
यदि तपाईंलाई खुट्टामा दुखाईको समस्या भइरहेको छ र यो निको नै भइरहेको छैन भने सबैभन्दा पहिला यसको पछाडिको कारण जान्न जरुरी हुन्छ । रातमा खुट्टा दुख्ने समस्या लाखौं मानिसलाई हुने गरेको अध्ययन देखाएको छ ।
गलत तरिकाले उठबस
खुट्टा दुख्ने धेरै सामान्य कारण पनि छन् जस्तो तपाईं कसरी बस्नुहुन्छ र कस्तो जुत्ता लगाउनुहुन्छ । लामो समयसम्म बस्ने वा उभिने, हिँड्ने वा दौडिने गर्दा पनि खुट्टा दुख्ने समस्या हुन्छ । जुन दुखाई औषधी खाँदा वा व्यायाम गरेर पनि निको हुन सक्छ ।
खुट्टाको बनावट
कतिपयलाई खुट्टाको बनावटका कारणले पनि रातमा दुखाई हुने गर्दछ । खुट्टाको पैतला एकदमै चेप्टो वा समतल भएको व्यक्तिलाई खुट्टा वा कुर्कुच्चाको दुखाई धेरै हुने गर्दछ ।
खुट्टामा हुने दुखाई धेरै प्रकारका हुने गर्दछन् । त्यसैले तपाईंको पनि यी मध्ये कस्तो खालको दुखाई यो त्यो पहिचान गर्न आवश्यक हुन्छ । जसअनुसार तपाईंले आफ्नो दुखाईको उपचार गर्न सक्नुहुन्छ ।
यदि लामो समयदेखि यस्तो समस्या भइरहेको छ भने घरेलु उपचारले निको नहुन पनि सक्छ । त्यसैले चिकित्सकलाई देखाउनु जरुरी हुन्छ ।
प्रतिक्रिया दिनुहोस्