७, असार ।
स्वास्थ्य राख्न विभिन्न प्रकारका फलफुल, तरकारी, माछा–मासु, दुध–दहि खानुपर्छ । तर, यदि यो सब एक साथ खाइरहनुभएको छ भने एक पटक ध्यान दिन आवश्यक छ । तिनलाई एकसाथ खानु ठिक हुन्छ कि हुँदैन ? केही फल तथा तरकारी यस्ता हुन्छन्, जसको आपसी मेल हुँदैन । यस्ता चिज अस्वास्थ्यकरमात्र नभइ पेट लगायत अन्य शरीरमा विभिन्न खालको गम्भीर रोग लाग्नसक्छ ।
१. दुधको साथमा घ्यु अण्डा, रुख कटहर, कोदाको ढिंडो र फापरको ढिडो खानु हुँदैन ।
२. माछा र सक्खरसँगै खान हुँदैन यसले पित्त विगार्छ ।
३. परेवाको मासु, दुध र मह लामो समयसँगै सेवन गरेमा गलगाँड हुनसक्छ् ।
४. दुधको साथमा बडर, काँचो केरा, आँप, जामुन तित्री, ओखर, दारिम नरिवल खानु हुँदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ ।
५. भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ ।
६. गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ ।
७. भिण्डीको साथ दही मोहि, घ्यु, दुध खानु हुँदैनसँगै खाएमा यसले पेटमाअम्लपित्त बढाउँछ ।
८. करेलामा साग वा भिण्डी पनि एकसाथ पकाएर खान हुँदैन । खाएमा अम्लपित्त बढ्छ ।
९. हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुँदैन । यसरी खाएमा क्यान्सर समेत हुन सक्ने खतरा हुन्छ ।
१०. बाँसको तामा, बडरको फल, मह र दुधसँगै खान हुँदैन यसले वीर्य नास गर्छ ।
११. माछा खाएपछि करिव १० घण्टासम्म दूध खानु हुँदैन यसले बीस उत्पादन गर्दछ ।
१२.मुला र मुलाका परिकारसाथ दूध खानु हुँदैन, खाएका छाला सेतो (दुवी) बनाउन सक्छ ।
१३. रुख कटहर खाएपछि पोलेको मकै तथा दूध खानु हुँदैन जसले खाद्यबीष बनाउछ ।
१४. दूध खाएपछि आँप, केरा, स्याउ खादा खाद्यबीस उत्पादन हुन्छ जसको फरक कम्तिमा ३ घण्टाको फरकमा खादा राम्रो हुन्छ ।
प्रतिक्रिया दिनुहोस्