७,असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने बताएका छन् । आज (बिहिबार) पार्टी कार्यालय बालाजुमा आयोजित पत्रकार सम्मेलनमा उनले एक वर्षभित्र महाधिवेशन गर्ने कुरामा अडिग रहेको बताएका हुन्।
‘कुनै अप्ठ्यारो परिस्थिति सिर्जना नभए एक वर्षभित्र महाधिवेशन गर्छौँ । संगठन विस्तारका धेरै कामहरु छन् । समय बाँकी छैन । प्राथमिकताका कुरालाई क्रमशः क्रम संख्यामा राखेर अगाडि बढ्छौं ।’ विधि र विधान भन्दा बाहिर नगई सम्पूर्ण कार्य गर्ने उनको भनाइ छ ।
धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पार्टीमा ल्याउने सम्भावना बारे पत्रकारको प्रश्नमा सभापति लामिछानेले आफु सय प्रतिशत सकारात्मक रहेको बताए । ‘हर्क र बालेनलाई जोड्न सके असाध्यै राम्रो हुन्थ्यो,’ उनले भने, ‘हाम्रो चाहना छ सय प्रतिशत सकारात्मक छौँ । उहाँको कामको प्रसंशा गरेकै छु । चुनावदेखि राम्रा कामलाई समर्थन गर्दै आएको छु ।’
प्रतिक्रिया दिनुहोस्