८, असार ।
असार ३ गते साँझ पौने ८ बजे बीआर ०६ जीई ५०५३ नम्बरको भारतीय नम्बर प्लेटको ट्रक मकवानपुरको रातमाटेमा प्रहरीले नियन्त्रणमा लियो । सिरहाबाट हेटौंडा आउँदै गरेको उक्त ट्रक जाँच गर्ने क्रममा फेला परेका सामान देखेर प्रहरी नै चकित पर्यो ।
सो ट्रक भन्सारबाट १६८ बोरा प्याज रहेको भनेर पास भएको थियो । तर, ट्रकभित्र ९० बोरा कपडा लगायतका वस्तु फेला परे । मकवानपुर प्रहरीको प्रारम्भिक अनुमानअनुसार बरामद भएका कपडाको मूल्य करिब एक रोड ५५ लाख रुपैयाँ छ ।
ट्रकमा एक करोड २८ लाख ९६ हजार रुपैयाँको पाइन्टका कपडा, तीन लाख रुपैयाँको सुटको कपडा, १६ हजार रुपैयाँको सर्टका कपडा, एक लाख ३ हजार रुपैयाँको कुर्था तथा सेरवानीका कपडा र ५ लाख २५ हजार रुपैयाँको कोरा कपडा फेला पर्यो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले बरामद गरेको उक्त ट्रक, चालक र सहचालकलाई प्रहरीले राजस्व अनुसन्धान विभाग पुल्चोकमा बुझाएको छ ।
प्रतिक्रिया दिनुहोस्