Ad imageAd image

बाढी पीडितलाई तुइन टाँगेर राहत सामग्री

खबर खुराक
खबर खुराक ८ असार २०८०, शुक्रबार
2 Min Read
Aa

८,असार ।

बाढीले पुल बगाएपछि सडक सञ्जाल टुटेपछि पाँचथरका बाढी पीडितलाई हेवा खोलामा तुइन टाँगेर राहत सामग्री पठाउन थालिएको छ । बुधबार पहिलो पटक याङवरक १ खोलाघारी चोकका पहिरो पीडितलाई सामग्री पठाइएको हो । त्यहाँ २२ घरका ९० जना विस्थापित भएका छन् ।

खोलाघारी चोक जिल्ला सदरमुकाम फिदिमदेखि १६ कोष टाढा पर्छ । पहिरोका कारण विस्थापित भएका नागरिक स्थानीय लेखनाथ राई र मोहन राईको आागनमा त्रिपाल टाँगेर बस्दै आएका छन् । विस्थापित नागरिकले पटक पटक खाद्यान्न सकिएको भन्दै फोन गरेपछि उपाय झिकेर सामग्री पठाइएको प्रमूख जिल्ला अधिकारी मेखवहादुर मग्रातीले बताए ।

दोभाने खोलामा भने जनप्रतिनिधि र प्रहरीले राहत सामग्री खोलाबाट तार्ने व्यवस्था मिलाइएको पनि मग्रातीले बताए । तुइन बनाउन १२० मिटर लट्ठा र त्यसको दोब्बर डोरी प्रयोग गरिएको छ । घिर्लिङ भने टिनको ड्रम ओल्डिङ गरेर बनाइएको छ । घिर्लिङबाट एक पटकमा ९० किलो सामग्री तार्न सकिन्छ ।

- Advertisement -
Ad image

सोही तुइनबाट तारेर खोलाघारी चोकका विस्थापितलाई चामल,नुन,तेल,दाल र लत्ताकपडा सहितका सामग्री पठाइएको हो ।यसरी बनाइएको तुइनबाट सदरमुकामदेखि हिलिहाङ, याङवरक र फालेलुङसँगै छिमेकी ताप्लेजुङ जिल्लाका ग्रामिण भेगसम्म पेट्रोल,डिजेल,औषधी जस्ता अत्यावश्यक वस्तु पठाउन सकिने भएको छ ।

असार ३ गते आएको बाढीका कारण हेवा खोलाको पुल बगेपछि सडक सम्पर्क टुटेका स्थानमा सामग्री पठाउन विकल्पको खोजी हुँदा स्थानीय युवा व्यवसायी वासु आचार्यले तुइन बनाउन सकिन उद्योग वाणिज्य संघका पदाधिकारीलाई सुनाएका थिए ।उद्योग वाणिज्य संघ र स्थानीय युवासँगै सुरक्षाकर्मीले डोरीको सहयोगमा तुइन टाँगेका थिए ।

प्रतिक्रिया दिनुहोस्