८, असार ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको संयुक्त आयोजनामा शुक्रबारदेखि ललितपुरमा सुरु भएको आपतकालीन चिकित्सा टोलीको राष्ट्रिय कार्यशालाको उदघाटनका अवसरमा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले हाम्रो जस्तो भूगोल भएको देशमा जतिबेला पनि आपतकाल आउन सक्ने भएकाले संभावित जोखिमलाई ध्यानमा राखेर आपतकालीन अवस्थामा उपचार सेवा प्रदान गर्न सक्ने गरी पूर्वतयारी आवश्यक रहेको बताए ।
मन्त्री बस्नेतले भने, ‘आपतकाल कति बेला आउँछ, अन्दाज गर्न सकिदैन । हाम्रो देशमा हरेक वर्ष जसो बाढीपहिरो आएकै हुन्छ । त्यसैले समयमा यसको व्यवस्थापन कसरी गर्ने भन्ने योजना बनाएर अगाडि बढ्यौं भने उपचार सेवाबाट बन्चित हुनुपर्ने अवस्था रहँदैन ।’
आपतकालीन अवस्था आउनुभन्दा पहिले नै हामीले कम्तिमा पनि सम्भावित क्षेत्रहरुमा खाद्यान र औषधि पुर्याउन सकेको खण्डमा आपतकालीनन अवस्था पनि उपचार सेवा दिन सकिने बताउदै मन्त्री बस्नेतले सीमित स्रोत र साधनकाबिच पनि उपचार सेवा प्रदान गर्नु पर्ने स्वास्थ्यकर्मीको दायित्य भएको स्मरण गराए । यसको लागि सरकारले सम्भावित क्षेत्रमा औषधि पठाइसकेको मन्त्री बस्नेतले जानकारी दिए ।
विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डवले आपतकालीन अवस्थाका बेला समेत उपचार सेवा प्रभावित नहोस् भन्ने कुरा दिमागमा राखेर सबै स्वास्थ्यकर्मीले काम गर्न आवश्यक रहेको बताए । आकस्मिक उपचार सेवा प्रदान गर्न चाहेर मात्र नहुने बताउँदै उनले त्यस्तो बेला आवश्यक औषधि र जनशक्तिको पनि उचित व्यवस्थापन हुनु पर्नेमा जोड दिए । उनले विश्व स्वास्थ्य संगठन नेपाल सरकारलाई सहयोग जारी राख्ने बताए ।
प्रतिक्रिया दिनुहोस्