Ad imageAd image

पनडुब्बी विस्फोट,मृतकका परिवारले गहिरो शोक मनाउँदै खोज एवं उद्धारमा खटिएकाहरुप्रति सम्मान

खबर खुराक
खबर खुराक ८ असार २०८०, शुक्रबार
1 Min Read
Aa

८,असार ।

केही दिनअघि १८ जुनमा टाइटानिक जहाजको भग्नावशेषनजिकै बेपत्ता भएको पनडुब्बी विस्फोट भएको ठानिएको छ । उक्त पनडुब्बीमा सवार रहेका पाँचजनाको मृत्यु भइसकेको भन्दै अहिले श्रद्धाञ्जली व्यक्ति भइरहेको छ ।

अमेरिकी अधिकारीहरूले यसलाई ‘विपत्तिपूर्ण विस्फोट’ मानेका छन् । मृत्यु हुनेमा पनडुब्बीमा सवार रहेका ५८ वर्षीय हमिस हार्डिङ, ४८ वर्षीय शहजादा दाउद र उनका छोरा १९ वर्षीय सुलेमान दाउद, ७७ वर्षीय पल हेन्री नार्गोलेट र ६१ वर्षीय स्टकटन रश रहेका छन् । मृतकका परिवारले गहिरो शोक मनाउँदै खोज एवं उद्धारका लागि खटिएकाहरुप्रति सम्मान व्यक्त गरेका छन् ।

एक रोबोटिक पनडुब्बी जस्तै सवारीले बिहीबार टाइटानिकको भग्नावशेष रहेको ठाउँबाट करिब ४८० मिटरको दूरीमा समुद्रभित्र पनडुब्बीका ठूला टुक्राहरु फेला पारेको थियो ।

- Advertisement -
Ad image

टाइटन पनडुब्बी आइतबार सम्पर्कविहीन भएको केही समयपछि अमेरिकी नौसेनाले सुरुमा विस्फोट जस्तै ध्वनीको तरंग सुनेको बताएको थियो । अन्य सुनिएका आवाजहरू यस क्षेत्रको आसपासमा रहेका अन्य पानीजहाजको हुन सक्ने ठानिएको छ ।

पनडुब्बी बेपत्ता भएपछि यस क्षेत्रको करिब २० हजार वर्गकिलोमिटर क्षेत्रमा पाँच दिनसम्म बहुराष्ट्रिय खोजी एवं उद्धार अभियान चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्