Ad imageAd image

पूर्वन्यायाधीश भुवन गिरीमाथि जुत्ता प्रहार

खबर खुराक
खबर खुराक ८ असार २०८०, शुक्रबार
1 Min Read
Aa

८ असार, काठमाडौं । काठमाडौं जिल्ला अदालतमा  पूर्वन्यायाधीश भुवन गिरीमाथि जुत्ता प्रहार भएको छ । अदालतभित्रै पूर्वन्यायाधीश गिरीकी पत्नी आरती गिरीले श्रीमान् भुवनमाथि जुत्ता प्रहार गरेकी हुन् ।

आरतीले भुवनमाथि वैवाहिक बलात्कारको मुद्दा चलाएकी छन् । सोही मुद्दाको पेसी बुझ्न आएका भुवनमाथि आरतीले जुत्ता प्रहार गरेकी हुन् । दुवैजना पेसी बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका  हुन् ।

भुवनमाथि जुत्ता प्रहार गरेपछि आरतीलाइ सुरक्षाकर्मीले गेट बाहिर राखेको थियो । आरतीले लगाएको वैवाहिक बलात्कार आरोपमा गत २८ चैतमा गिरी पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्