१०, असार।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सर्वसम्मतरुपमा पारित गरेको छ ।
दोस्रो नगर सभाको तेस्रो अधिवेशनमा नगर प्रमुख रामकृष्ण खाँणले कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक समावेशीकरण र पूर्वाधारलाई प्राथमिकता दिएको बजेट सार्वजनिक गरेका छन् ।
एक महिला विद्यालय सञ्चालनमा ल्याउने, विद्यालयमा सिर्जनशील शुक्रबार कार्यक्रम सञ्चालन गरिने तिलोत्तमाको घोषणा छ ।
त्यस्तै तिलोत्तमा–१० को सेमरा स्वास्थ्य केन्द्रलाई मातृ शिशु अस्पतालमा स्तरोन्नति गर्ने, खाना फ्याक्न नपाइने नीति लागु गर्ने, मेड इन तिलोत्तमा घरको स्थापना गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने, विभिन्न सुपर मार्केटसंग सम्झौता गरी तिलोत्तमाको उत्पादन बिक्री गर्ने पनि घोषणा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्