Ad imageAd image

आज नेपालकाे मौसम

खबर खुराक
खबर खुराक १० असार २०८०, आईतवार
1 Min Read
Aa

१०,असार

हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेशका र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १, मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्