१०, असार ।
आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको नेदरल्यान्ड्सविरुद्ध शनिबार भएको खेलमा नेपालले दोस्रो विकेट लिएको छ । नेपालका स्पिनर सन्दीप लामिछानेले नै दोस्रो विकेट पनि लिएका हुन् ।
उनले दोस्रो विकेटका रुपमा वेस्ली बारेसीलाई तीन रनमा दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका हुन् । त्यसअघि पहिलो विकेट पनि सन्दीपले नै लिएका थिए । सन्दीपले नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान बिक्रमजित सिंहलाई ३० रनमा एलबीडब्लू आउट गराएका थिए ।
एक सय ६८ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १५ ओभरमा दुई विकेट गुमाएर ९७ रन बनाएको छ । नेदरल्यान्ड्सलाई जितका लागि ३५ ओभरमा ७१ रन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्