Ad imageAd image

डडेल्धुरा–डोटी जोड्ने रडुवाखोलामा मालबाहक मिनिट्रक खस्यो

खबर खुराक
खबर खुराक ११ असार २०८०, सोमबार
1 Min Read
Aa

११ असार, डडेल्धुरा । डडेल्धुरा–डोटी जोड्ने सेती राजमार्ग अन्तर्गत रडुवाखोलामा मालबाहक मिनिट्रक खसेको छ । केआइसिंह राजमार्ग भनिने सो राजमार्गको डडेल्धुराको गन्यापधुरा गाउँपालिका –२ स्थित रडुवाखोलामा मिनीट्रक खसेको हो ।

सोमबार बिहान धनगढीबाट बाजुरा जाँदैगरेको सुपप्र ०१००१ प १८८६ नम्बरको मिनी ट्रक रडुवाखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । खाद्यान्न बोकेको मिनिट्रक डोटीको जोरायल गाउँपालिका –२ बस्ने २३ वर्षीय प्रकाश मल्लले चलाएका बुझिएको छ ।

दुर्घटनामा मानवीय क्षति नभएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले बताउनुभयो । ट्रक सडकबाट करिब ३० मिटर तल खसेको छ । २०७७ असोज कात्तिक महिनामा परेको अबिरल वर्षापछि उक्त स्थानमा पहिरोले ३०० मिटर सडक खोलामा भासिएको थियो ।

कालोपत्रे सडक पुरै भासिएपछि अस्थाई रुपमा सडक बनाई यातायात सञ्चालनमा ल्याइएको थियो । पहिरो गएको स्थानबाटै ट्रक खोलामा खसेको भट्टँले बताउनुभयो ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्