११ असार, काठमाडौं । काठमाडौंमा इनारमा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली घर भई हाल काठमाडौंको बसन्तपुर बस्ने २२ वर्षीय दिपेश गुरुङ र झापा घर भई बसन्तपुरमै बस्दै आएका ३८ वर्षीय दिपेन लिम्बु छन् ।
उनीहरुको आज बिहान ८ः३० बजे काठमाडौं महानगरपालिका वडा नम्बर ११ अरनिको मार्गस्थित इनारमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्