११ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।
एक करोड ४४ लाख ११ हजार ७८१ रुपियाँ ७१ पैसा गैरकानुनी रूपमा आर्जन गरेको र सो रकमको स्रोत नखुलेका कारण अख्तियारले सोमबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको जानकारी आयोगका प्रवक्ता भोला दाहालले दिनुभयो ।
अख्तियारका प्रवक्ता दाहालका अनुसार ढकालविरुद्ध कायम भएको बिगो बमोजिम जरिवाना, भ्रष्टाचारबाट आर्जित र त्यसबाट बढे बढाइएको सम्पत्ति जफत गर्न अख्तियारले माग दाबी दिएको छ । २०७४ साउन ३२ गते ढकाल पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नियुक्त हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्