Ad imageAd image

कालीगण्डकी गाउँपालिकाको ५४५४५४०५४ बराबरको बजेट सार्वजनिक

मिलन विश्वकर्मा
मिलन विश्वकर्मा ११ असार २०८०, सोमबार
2 Min Read
Aa

पाल्पा, ११ असार । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले  ५४ करोड बढीको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गाउँपालिकाको गाउँसभाको १३औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष साबित्रा कोइरालाले ५४ करोड, ५४ लाख, ५४ हजार ५४ रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

कुल बजेटको ३७ प्रतिशत चालूतर्फ र ६३ प्रतिशत र ६३ प्रतिशत पूँजीगततर्फ विनियोजन गरिएको छ । संघीय, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा राजश्वहरू र आन्तरिक आयको रकमसहितको बजेट पेस गरिएको हो।

बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ ।सामाजिक विकास क्षेत्रमा चार करोड बजेड विनियोजन गरिएको छ । गाउँपालिका भित्रका सबै नागरिकको निःशुल्क उपचार गर्ने कार्यक्रमका लागि ६० लाख बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । यहाँका प्रत्येक नागरिकको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन बजेटको व्यवस्था गरिएको छ । आमा, बालबालिकालाई तथा किशोर, किशोरीको पोषण सुधार आयोजनाका लागि एक करोड विनियोजन गरिएको छ ।

- Advertisement -
Ad image

शून्य होमडेलिभरी गराउनका लागि गर्भवतीलाई गाउँपालिकाभित्रका वर्थिङ सेण्टर र अस्पतालुम्म पहुँच स्थापना गर्नका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको उपाध्यक्ष कोइरालाले बताउनुभयो ।

पूर्वधार विकास क्षेत्रका लागि ४ करोड, आर्थिक विकास क्षेत्रका लाथि २ करोड ५० लाख, सुशासन तथा अन्तरसम्न्धित क्षेत्रका लागि १ करोड, जलवायु अनुलुलनका लागि कार्यक्रम सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाको उहाँले बताउनुभयो ।
जलस्रोतको रोयल्टीवापत ५ करोड राजश्व प्राप्त हुने अनुमान गरिएको छ ।

सार्वजनिक नीति तथा कार्यक्रमले परिकल्पना गरेको समाजवाद उन्मुख लोककल्याणकारी स्थानीय सरकारका लक्ष्य प्राप्तीका लागि यो बजेटले महत्वपूर्ण योगदान पु¥याउने उपाध्यक्ष कोइरालाले दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्