Ad imageAd image

गायक प्रकाश सपुतमाथि गीत गाइरहेकै बेला स्टेजमै बोतल प्रहार

खबर खुराक
खबर खुराक ११ असार २०८०, सोमबार
1 Min Read
Aa

११ असार, बुटवल । गायक प्रकाश सपुतमाथि गीत गाइरहेका बेला स्टेजमै बोतल प्रहार भएको छ। ​

रोमनियाको एक कार्यक्रममा उनीमाथि बोतल प्रहार भएको हो। उनीमाथि प्रहार भएको सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियोमा सपुतले गीत गाइरहेका बेला एक युवाले बोतल प्रहार गरेको स्पष्ट देखिन्छ।

उक्त बोतल सपुतको अनुहारजको देब्रे भागको गालामा लागेपछि प्रकाशले गीत गाउन रोकेका थिए। घटनाको केही बेरपछि प्रकाश फेरि स्टेज चढेर गीत गाएका थिए। कार्यक्रममा सहभागी एक दर्शकका अनुसार मदिरा सेवन गरेर आएका एक युवकले बोतलले हिर्काएका हुन्। प्रकाशको अवस्था भने सामान्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्