Ad imageAd image

संशोधनविना बजेट पारित हुन्छ : अर्थमन्त्री डा. महत

खबर खुराक
खबर खुराक ११ असार २०८०, सोमबार
1 Min Read
Aa

११ असार,काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट संशोधनविना संसद् बैठकबाट पारित हुने बताउनुभएको छ । संसद् भवन परिसरमा सोमबार पत्रकारसँग संक्षेपमा कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

यो बजेट बजेट असार १३ गते पारित हुने उहाँको भनाइ छ । आफूले बजेट ल्याउँदा सीमित स्रोत, साधनलाई मध्यनजर गरेर ल्याएको भन्दै उहाँले आजको वास्तविकतामा बजेट आएको बताउनुभयो ।

बजेटमा समानता भएन भन्ने सांसदको भनाइ उहाँहरूले मागेअनुसारको बजेट नभएर गुनासो आएको उहाँको भनाइ छ । बजेटको सीमाभित्र रहेर सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन हुने तर संशोधन नहुने उहाँले प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्