१२ असार, बुटवल । काठमाडौं देखि गुल्मीका लागि छुटेको बस रुपन्देहीको देवदह चरङ्गेमा आज विहान दुर्घटना भएको छ । ना ६ ख १९८४ नम्बरको बस दुर्घटना एक जना सामान्य घाइते भएका छन् ।
चरङ्गे स्थित निर्माणधिन सडकको छेउमा विहान करिब ५ बजे बस दुर्घटना भएको हो ।दुर्घटनामा घाइते यात्रुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको र दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्