Ad imageAd image

मोटरसाइकलले ठक्कर दिँदा सुर्खेतमा एक जना पैदलयात्रुको मृत्यु

खबर खुराक
खबर खुराक १३ असार २०८०, बुधबार
1 Min Read
Aa

१३ असार, सुर्खेत। मोटरसाइकलले ठक्कर दिँदा सुर्खेतको वीरन्द्रनगर नगरपालिका–६ घण्टाघर चोकनजिक एक जना पैदलयात्रुको मृत्यु भएको छ ।

मुत्यु हुनेमा वीरेन्द्रनगर–७ का ५० वर्षीय टिका सुनार रहको प्रहरीले जनाएको छ।

घण्टाघरदेखि शंकरचोकतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ प ४७६१ नम्बरको मोटरसाइकको ठक्करबाट गम्भीर घाइते भएका सुनारको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता लक्ष्मणबहादुर शाहीले जानकारी दिए।

प्रहरीका अनुसार मृतक सुनारको शव प्रदेश अस्पतालमा राखिएको छ । मोटरसाइकल चालक महावु गाउँपालिका–६ का ३३ वर्षीय तेजबहादुर शाहीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्